बैतडी र दार्चुलामा भूकम्पको धक्का

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : ३३


आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्