रविन्द्र मिश्रको प्रस्तावप्रति विवेकशील साझाका अर्का संयोजकको असन्तुष्टि

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : १०


काठमाडौं । विवेमशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले धर्म निरपेक्षताबारे जनमत सँग्रह र संघियता खारेजीको माग गरेका छन।

सोमबार विवेकशील साझा पार्टीका संयोजक मिश्रले संघीयता र खारेजी र धर्मविरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेका हुन।

यसैबीच, रविन्द्र मिश्रकै पार्टी विवेकशील साझाका अर्का संयोजक मिलन पाण्डेले रविन्द्र मिश्रको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै विवेकशील साझा गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको स्पष्ट पारेका छन्।

उनले रवीन्द्र मिश्रको विचारलाई व्यक्तिगत भएको पनि बताएका छन्।


प्रतिक्रिया दिनुहोस्