रविन्द्र मिश्रको प्रस्तावबारे कमल थापा भन्छन्-‘यो हाम्रो सफलता हो’

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : २०


काठमाडौं । विवेकशिल साझा पार्टीका अध्यक्ष एवं पूर्व पत्रकार रविन्द्र मिश्रले संघीयता खारेज गर्न तथा धर्मनिरपेक्षतामाथि जनमत संग्रहको माग गरेका छन्।

आफ्नो पार्टीमा विशेष प्रस्ताव पेश गर्दै मिश्रले यस्तो राजनीतिक दस्तावेज सार्वजनिक गरेका हुन।

रविन्द्र मिश्रको प्रस्तावले चर्चा पाइरहँदा राप्रपा अध्यक्ष कमल थापाले आफूहरुले उठाएको एजेण्डा सहि सावित भएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत नेता थापाले संघीयताको खारेजी,धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक रहेको बताएका छन।


प्रतिक्रिया दिनुहोस्