‘शिक्षा व्यापारी’लाई मन्त्री बनाएकोमा देउवा निकट नेताहरु नै असन्तुष्ट

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ५८


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा व्यापारी एवं समानुपातिक सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि काँग्रेसकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

शिक्षाका व्यापारीलाई मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहँदा प्रधानमन्त्री देउवा निकट पूर्णबहादुर खड्काले मन्त्री नियुक्तिप्रति विरोध जनाएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले संघीय सरकार र गण्डकी सरकारमा मन्त्री नियुक्त गर्दा गल्ति भएको बताएका छन्।

उनले लेखेका छन्, ‘भट्टराई आश्रम बाँडे गाउँ ललितपुर २०७८ श्रावण ११ः गण्डकी प्रदेश सरकार र संघीय सरकारको बिस्तारमा पार्टी भित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा समयमै पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एबं आम नागरिकप्रतिको कर्तब्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भबिश्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने बिश्वासिलो संकल्प समय छदै गर्न जरुरि छ। हामीबीचबाट जस जसको कारणले यो कमजोरी भएको भए पनि काँग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग म क्षमा याचना गर्दछु।’


प्रतिक्रिया दिनुहोस्