नाइजेरियामा अपहरित २८ विद्यार्थी कब्जामुक्त

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ३१


अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य कादुनामा रहेको माध्यमिक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त भएका यहाँका प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ।

विद्यार्थीलाई शनिवार राति मुक्त भएका परिवारको साथ पुनर्मिलनको व्यवस्था भइरहेको कादुना राज्यमा प्रहरी प्रवक्ता मोहम्मद जालिगेले आइतवार बिहान टेलिफोनमार्फत् बताउनुभएको छ।

सामान्यतया, उनीहरूले प्रियजनहरूसँग पुनर्मिलनपछि स्वास्थ्य उपचार गराइने पनि जलिगेले बताउनुभएको छ।

गत जुलाई ५ मा कादुनाको बेथेल ब्याप्टिस्ट हाईस्कूलबाट अपहरणकारी विद्यार्थीहरूको ठूलो सङ्ख्यामा अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए।

जलिगेले पीडितलाई कसरी मुक्त गरियो वा उनीहरूको रिहाइमा फिरौती पनि सङ्लग्न छ भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गर्नु भएको छ।

बिहीबार नाइजेरियाली प्रहरीले दिएको जानकारी अनुसार शुरुमा बन्दुकधारीले अपहरण गरेका दुई बिद्यार्थीलाई रिहा गरेका थिए।

बाँकी २६ विद्यार्थीलाई नाइजेरियाको सेना, प्रहरी र नौसेनाको संयुक्त टोलीले सुरक्षित रूपमा बचाउन सफल भएको थियो।


प्रतिक्रिया दिनुहोस्