बैंकहरुको वित्तीय विवरण प्रकाशित गर्ने म्याद थपियो

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : ३६


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण प्रकाशन गरिसक्नु पर्ने समय अवधि थप गरेको छ।

राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशिका जारी गर्दै साउन मसान्तसम्म समय थप गरेको हो।

यस अघि साउन १५ गते भित्र विवरण प्रकाशन गरिसक्नु पर्ने ब्यबस्था थियो।

यस्तै राष्ट्र बैंकले आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाई गरेको छ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनलाई थप परिमार्जन गर्दै राष्ट्र बैंकले खुद वितरणयोग्य मुनाफाबाट ३० प्रतिशतसम्म मात्रै नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ।

तर यस्तो नगद लाभांश २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुने छैन।

त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने भएका छन्।

राष्ट्र बैंकको यो व्यवस्थाले गत आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाले पनि नगदभन्दा बोनस सेयर धेरै दिने भएका छन्।

त्यस्तै २०७८ असार मसान्तभित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गतेभित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्नेछन्।

 

 


प्रतिक्रिया दिनुहोस्