उर्जामन्त्री भुसाल भन्छिन्-‘गरिब नेपालीलाई बिजुली निशुल्क दिन्छौं’

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : १०


काठमाडौं । उर्जामन्त्री पम्फा भुषालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निशुल्क विजुली उपलब्ध गराउने बताएकी छिन।

सोमबार मन्त्रालयमा भएको पत्रकारहरुसँगको छलफलमा उनले यस्तो बताएकी हुन्।

छलफलमा अहिले जति धेरै विजुली खपत गर्यो त्यति नै महंगो शुल्क लाग्ने गरेकोमा अब जति धेरै बिजुली खपत गर्यो त्यति नै कम मूल्य गर्ने तयारी रहेको उनले जानकारी दिइन ।

उनले डलर तिरेर ल्याएइको ग्यासलाई बिजुलीले विस्थापन गर्नुपर्ने बताउँदै आफुले त्यही अनुसार काम गरिरहेको जानकारी पनि दिइन।

मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भईनसकेको स्पष्ट पारिन।

निर्णय गरेपछि फेरि जानकारी गराउने उनले उल्लेख गरिन।

मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारिन।

आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्