जसपा विवादमा कसैको पक्ष नलिइ तटस्थ बसे रेशम चौधरी

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ३६


काठमाडौं । जनता समाजवादी पार्टीको (जसपा) को आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य अर्थात् निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन्।

अध्यक्षद्धय उपेन्द्र यादव र महन्त ठाुकर मध्ये कसैको पनि पक्ष नलिई चौधरी तटस्थ बसेका हुन।

सोमबार हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन नियत र नैतिकताले नदिएको बताएका छन्।

आयोगबाट बाहिरिँदै उनले भने, ‘आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष र विपक्ष दुवै जसपा हो । ‘

उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिनुहुन पनि आग्रह गरेका छन् । यसैगरी उनले पार्टी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्