निर्वाचन आयोगले जसपा फुटायो : राजेन्द्र महतो

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : २१


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्त ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य देखिएका छन्।

निर्वाचन आयोगले सोमबार ‘हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो। जसमध्ये यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य देखिएका हुन।

यसैबीच, ठाकुर पक्षका नेता एवं कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन्।

आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन्।

‘दल कतै गएको होइन, जनताबाट निर्वाचित हुने कुरा हो, ५१ जनाको मात्रै पार्टी होइन’, उनले भने, ‘एक सालमै यो अवस्था आउला भनेर कल्पना गरेकै थिएन। अब हामी जनतामै जाने हो। दलसम्बन्धी, जनमतसम्बन्धी सबै निर्णय भएको छ। जनतालाई न्याय दिन हामीले एकता गरेका थियौँ । तर प्राविधिक विभाजन दुर्भाग्य पूर्ण हो।’

 


प्रतिक्रिया दिनुहोस्