नेप्से ८ अंकले घट्दा ७ कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ०६


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ८ अंकले घटेको छ।

शेयर बजार ८ अंकले घटेपनि ७ कम्पनीको मूल्य भने सर्वाधिन बढेको छ।

अघिल्लो दिनभन्दा ८.२४ अङ्क अर्थात् ०.२७ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स ३०५०.४३ अङ्कमा आज बजार बन्द भएको हो।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३०७६.१२८३ र कममा ३०४१.८०८६ पुगेको थियो।

आज १३६५५३ कारोबारमा ३६८९६५९४ कित्ता सेयरको किनबेच भई १४०७२३३६०४८.५९ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२३ कम्पनीको सेयर किनबेच भएको हो।

यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्