नेपालमा असोज १५ गतेबाट कोरोनाको तेस्रो लहर आउनसक्ने

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : २४


काठमाडौं । सरकारले असोजबाट नेपालमा कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने आँकलन गरेको छ।

सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा योजना महाशाखा प्रमुख डा.गुणराज लोहनीले उक्त कुरा बताएका हुन्।

उनका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको छ।

लोहनीले शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएका हुन।

तेस्रो लहरमा खोप नलगाएका र बालबालिका बढी प्रभावित हुन सक्ने मन्त्रालयको आंकलन छ। सोही अनुसार तयारी अघि बढाइएको लोहनीले संसदीय समितिमा जानकारी गरााए।

 


प्रतिक्रिया दिनुहोस्