सूर्य थापाले गरे भीम रावलको प्रशंसा

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : १३


काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा अ‍ोली रहँदा नेकपा एमाले नेता भीम रावल कडा रुपमा प्रस्तुत हुन्थे।

ओली सरकार ढलेपछि विपक्षी गठबन्धनमै रहेका नेता रावल पछिल्लो समय पार्टी एकताको पक्षमा देखिएका छन्।

माधव नेपाल निकट रहेका रावल अध्यक्ष ओलीसँग एक भएर जाने मुडमा देखिएका हुन। उनले पछिल्लो समय सांसद पदबाट दिएको राजीनामा पनि फिर्ता लिएका छन्।

सत्ता गठबन्धनबाट टाढिँदै गएका नेता रावलले पछिल्लो समय प्रचण्डले एमाले विभाजन गर्न खोजेको आरोप लगाए।

यसअघि भीम रावलको चर्को आलोचना गर्दै आएका निवर्तमान प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले आज खुशी हुँदै रावलको प्रशंसा गरेका छन।


प्रतिक्रिया दिनुहोस्