नवनयिुक्त राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाले खुवाए सपथ

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : ५६


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यमन्त्रीमा नियुक्त गरेका सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले पनि यसपटक सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा राखिएको हो।

सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए। यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन पनि सपथ समारोहमा सहभागी थिए।

राष्ट्रपति भण्डारीले श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन।

राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्