संसदीय समितिमा एमाले सांसदहरुबीच चर्काचर्की (भिडियो)

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : ०३


काठमाडौं । आइतबार बसेको संसदीय समितिको बैठका नेताहरुबीच चर्काचर्की भएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेको माधव नेपाल पक्ष र केपी शर्मा अ‍ोली पक्षबीच विवाद भएको हो।

केपी ओली पक्षका सांसद नारदमुनी रानाले छलफलमा उपस्थित नेता माधव नेपाललाई चिढ्याएपछि विवाद सिर्जना भएको हो।

आफ्नो भनाइ राख्ने क्रममा वरिष्ठ नेता नेपालले ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिएका थिए।

दुई दुई पटकको प्रतिगमन पराजित भएको बताउँदै अब संसदीय समितिलाई पनि प्रभावकारी बनाउनुपर्नेमा नेता नेपालले जोड दिएका थिए।

बैठकमा सहभागी एमाले सांसद नारदमुनि रानाले आफ्नो बोल्ने पालो आएपछि अहिलेको संसद र सरकारलाई जनताले नभइ सर्वोच्चले ल्याइदिएको तर्क गरेका थिए।

माधव नेपाल तर्फ हेर्दै रानाले अहिलेको अवस्था वरिष्ठ नेताहरुका कारण आएको बताएका थिए। रानाले नेपाललाई चिढ्याएपछि नेपाल पक्षका सांसद दिपकप्रकाश भट्टले प्रतिगमनका मतियारहरु बाहिर जानुस भन्दै जंगिएपछि विवाद भएको थिये।


प्रतिक्रिया दिनुहोस्