स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ४२


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी छन्।

हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान)का संस्थापक अध्यक्षसमेत हुन्।

उनको विभिन्न बैंक तथा होटेलमा पनि लगानी छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निकटको सम्बन्ध रहेका श्रेष्ठ समानुपातिक कोटाबाट दोस्रोपटक संसदमा पुगेका हुन्।

योसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद ६ सदस्यीय भएको छ ।


प्रतिक्रिया दिनुहोस्