एउटै विमानमा २४ शव ल्याएका क्याप्टेन लामा भन्छन्, ‘मनमा धेरै दुख लाग्छ, अझै १८ शव बाँकी छन्’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : २५


काठमाडौं । वैदेशिक रोजगारिकाक्रममा मलेसियामा ज्यान गुमाएका २४ जनाको शव शनिवार नेपाल आइपुगेको छ।

शव काठमाडौं आइपुगेपछि सामाजिक सञ्जालमा अहिले हृदयविदारक तस्विरहरु भाइरल छन्।

मानिसहरुले देशबाट युवाहरुलाई पलायन हुन वाध्य बनाउने राजनीतिक नेतृत्व र व्यवस्थाप्रति आक्रोश पोखेका छन्।

खाडी मुलुक मलेसियाबाट ती शव ल्याएका क्याप्टेन विजय लामाले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै अझै १८ शव ल्याउनै बाँकी रहेको बताएका छन्।

‘यो अवस्था देख्दा सारै दुःख ल्याग्ने उनी बताउँछन्। विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न’ उनले लेखेका छन्, ‘तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ’


प्रतिक्रिया दिनुहोस्