मलाई मुख छाडेर जिविका चल्छ भने म खुसी नै हुन्छ : ओली

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ५३


काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालले लगाएको आरोपको खण्डन गरेका छन्।

नेता नेपालले दुई दिन अघि केपी ओलीले आफ्नो घरवरिपरी २०/१५ जना गुण्डा कार्यकर्तालाई बाइकमा पठाएको आरोप लगाएका थिए।

त्यसको जवाफ दिँदै ओलीले भने, ‘यो अफवाह हो। केपीको साथमा रहेको कुनै २-४ जनाको झुण्ड छैन। देशको बढी जनसंख्या नेकपा एमालेको साथमा छ। देशको बढी जनसंख्या केपी ओलीको साथमा छ। अनि एउटा/दुइटा कसले कविता न सविता भनेर लेख्छ त्यसका पछाडी नेकपा एमाले कुद्छ?’

ओलीले अगाडी भने, ‘नेकपा एमाले कुनै गुण्डा दल होइन्। नेकपा एमाले एउटा परिपक्क राजनीतिक पार्टी हो जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ। त्यो अभिभारा बोकेको पार्टी अनि एक/२ जनाले केपी ओलीलाई मुख छाड्यो। केपी ओलीलाई मुख छाडेर,लेखेर जिबिका चलाए भने म खुसी नै हुन्छ। कमसेकम जिविका त चल्छ। त्यसले बदनाम नगरे हुन्छ। थुप्रै लागेका छन् बदनाम गर्न।’

ओलीले नेता नेपाललाई हरियो सर्पको संज्ञा दिए।

अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,’घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौँ।

नेता नेपाललाई माफी दिने आफू कोही नभएको भन्दै ओलीले गल्ती सच्चाएर आए पार्टीले माफी दिने उल्लेख गरे ।

‘माधव नेपाललाई माफी दिने म को हुँ रु दिए पार्टीले दिन्छ’, ओलीले भने ।

 

 


प्रतिक्रिया दिनुहोस्