एन्फा उपाध्यक्षले दुःख दिएको भन्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : २७


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षले दुःख दिएको नेपाली राष्ट्रिय फुटबल टोलीमा मुख्य प्रशिक्षकले राजीनामा दिएका छन्।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार राजीनामाको घोषणा गरेका हुन।

उनले अखिल नेपाल फुटबल संघ ९एन्फाका० वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दुस्ख दिएको दाबी उनले गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले एक्कासि राजीनामा घोषणा गरेका हुन्। उनले राजीनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्