मोटरसाइकल दुर्घटनामा मृत्यु

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : ०२


दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्