आयोगले ‘हेड काउन्ट’ गर्ने भएपछि रणनीति बनाउँदै महन्थ–राजेन्द्र पक्ष

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ४५


काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले बैठक बोलाएको छ।

आज साँझ पाँच बजे पार्टी कार्यालय बबरमहलमा बस्नेगरि बैठक कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका एक नेताले बताए।

निर्वाचन आयोगले जपसा विवाद टुंग्याउन ‘हेड काउन्ट’ गर्ने भएपछि थप रणनीति बनाउन महन्थ–राजेन्द्र पक्ष छलफलमा जुट्न लागेको हो।

निर्वाचन आयोगले जसपाका दुवै पक्षका कार्यकारिणी सदस्यलाई भोलि बिहान ११ बजे नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित आयोगमा उपस्तिथ हुन आदेश गरेको छ।

जसपाका कूल ५१ सदस्यीय कार्यकारिणी समितिमा महन्थ–राजेन्द्र पक्षले आफ्ना सदस्य २० जना भएको दाबी गरेका छन्।

उन, उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले आफूसँग ३२ जना कार्यकारिणी सदस्य भएको दाबी गरेको छ। उपेन्द्र–बाबुराम पक्षले शनिबार कार्यकारिणी समितिको बैठक गरेको थियो।


प्रतिक्रिया दिनुहोस्