निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् श्रावण १० गते देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : १५


मेष–सामुहिक काममा जिम्मेवारी बढ्नेछ । घरायसी छोटो यात्रा हुनेछ । दाजुभाइबाट आश्वासन मिल्नेछ । पराक्रम बढ्ने एवम मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमामानसिकअशान्तिएवम घरायसीझमेलाआईपर्नेछ ।

मित्रतामा समस्या एवं पारिवारिक वैमनस्यता बढ्नेछ। साताको अन्त्यमा अध्ययनमा सफलतामिल्ने, कृषि व्यापारमा फाईदा एवम सन्तति सुख मिल्नेछ । धनको आकस्मिक लाभ हुनेछ ।

वृष – नयाँ व्यवसायमा लगानीको सोच आउनेछ । सरसापट धनको कारोवारमा बढोत्तरी हुनेछ । सन्तानबाटे सहयोग मिल्नेछ । भोजनको सुख मिल्नेछ । बोलीको प्रभावले कामबन्नेछ । चेहरामा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ ।

सानो यात्राएवम बन्धुबाट सहयोग पाईनेछ । विदेशबाट फाईदा एवम मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारीरिक अस्वस्थता र काममा ढिलासुस्ति हुनेछ । धन सम्पत्तिको अनावस्यक चिन्ता थपिनेछ ।

मिथुन – रमाइलो एवं खानपिनमा समय वित्नेछ । नयालगानीको काममा वाधा हुनेछ । साथीभाइसँगको भेटघाटमा खर्चमा वृद्धि हुनेछ । साताको मध्यमाभने धनको कारोवारमा वृद्धि हुनेछ । साझा काममा जिम्मेवारी थपिनेछ ।

कुटुम्ब भेटघाट रहनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ । अन्न धन सम्पति वृद्धि एवम भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने जिम्मेवारी थपिने, रोजगारी माफाईदा एवम दिदीबहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।

कर्कट-व्यर्थ भ्रमणमा धन र समयको खर्च हुनेछ । धनमाल,सरसामान हराउन सक्नेछ । अनावस्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ । अनावश्यक विवादमा फसिनेछ ।

अरुको कारणले आफुलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पति वृद्धि व्यापारमा फाईदा एवम कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा राजनीतिक फाईदा एवम पद प्रतिष्ठाको योग रहेको छ ।

सिंह-परोपकारको काममा सहयोगीहरु थपिनेछन् । आँटेको काममा लाभ मिल्नेछ । व्यवसायमा फाईदा एवम धार्मिक रुचि बढ्नेछ । स्त्रीजातिबाट सहयोग एवम कृषि र खाद्यान्नको कारोबारमा फाईदा मिल्नेछ ।

आफ्नो परिश्रमको कामको राम्रो प्रतिफल मिल्नेछ । साताको मध्यममा भने काममा वाधा आउनेछ । फाइदा अरुलाइ जानेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवम ठुलाबडाबाट स्याबासी पाईनेछ ।

कन्या-पुरानो कारोवारमा व्यस्तता बढ्नेछ । रोजगारीको अवसर मिल्नेछ । सरकारी कामको प्रशंसा पाईनेछ । राजनीतिक क्षेत्रबाट फाईदा लिन सकिनेछ । साताको मध्यमा आम्दानी हुनेछ ।

विदेशवाट आर्थिक सहयोग बढ्नेछ । कृषिकामबाट धनार्जन हुनेछ । सावरी सुखमा खर्र्च आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम खर्चको मात्रा बढ्नेछ । साथीभाइसँग मनोरन्जन र सट्टेबाजी माधनको नाश हुनेछ ।

तुला-धार्मिक एवं सामाजिक काममा समय व्यतितहुनेछ । सानो यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाईदा पाईनेछ । ठुला बडाले साथ दिनेछन् । पशुपालनको काममा प्रगति हुनेछ ।

जग्गा जमिनबाट फाईदा एवम सञ्चितधन बढ्नेछ । आर्थिक काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाईनेछ । साताको अन्त्यमा आम्दानी सहितकार्य सफलहुनेछ । प्रिय मित्रजन, नयाँ आफन्तबाट आर्थिक काममा साथ सहयोग मिल्नेछ।

वृश्चिक-स्वास्थ्यमा सामान्य समस्या आउनेछ । आफन्तबाट धोका हुनेछ । पारिवारिक झुटो लाञ्छना लाग्नेछ । साताको मध्यमाभने भाग्यले साथदिनेछ । वैदेशिक रोजगारको फाईदा मिल्नेछ ।

साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवम मित्रहरुबाट राम्रो सहयोग पाईनेछ । साताको अन्त्यमा मित्रबाट आर्थिक सहयोग मिल्नेछ । स्त्रीपक्षबाट धन लाभ एवम् सन्तानको सुख मिल्नेछ ।

धनु-व्यापारमानया योजना बन्नेछ । पारिवारिक काममा व्यस्तता बढ्नेछ । वैवाहिक एवम धार्मिक काममा व्यस्त भईनेछ । साताको मध्यमा स्वास्थ्यमा गडबडी, खानपिनमा समस्या एवम झुटो लाञ्छना आउनेछ ।

घरवाहिरको काममा खर्च बढ्नेछ । अन्त्यमा भने अधुरा काम बन्नेछ । यात्राको योगबन्ने एवम ठुलाबडाबाट व्यक्तिगत सहयोग पाईनेछ ।

मकर-भोग विलास खानपिनमा बढी खर्च हुनेछ । मनोरन्जन एवं रमाइलोमा धनको व्यय हुनेछ । अनावस्यक वादविवादमा परिनेछ । विरोधीहरु अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । व्यावसायिक यात्राको योग बन्नेछ ।

प्रेमी प्रेमीकाबीच सम्बन्ध सुध्रिनेछ । ससुराल पक्षबाट सहयोग एवम साझेदारी लगानीमा फाईदा पाईनेछ । साताको अन्त्यमा भने विसञ्चो हुने, काममा ढिलासुस्ती एवम गुप्त बाधा आई पर्नेछ । नजिकको आफन्तसँग सम्बन्ध विग्रिनेछ ।

कुम्भ-कृषि, खाद्यान्नबाट आम्दामीको स्तर बढ्नेछ । कला संगीतमा प्रगति मिल्नेछ विद्यामा उन्नति हुनेछ । सन्तानबाट सहयोग पाईनेछ । बुद्धिले सही निर्णय लिनेछ ।

स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामा मिलाकिनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवम पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाईनेछ । प्रेममा प्रगति एवं नयाँ काममा योजना बन्नेछ ।

मीन-जग्गा जमीनको कारणले आफन्तसँग सम्बन्ध विग्रिने छ । घरायसी विवाद बढ्नेछ । स्त्री जातिसँग मनमुटाव बढ्नेछ । स्वास्थ्यमा चिसोको असर देखिनेछ ।

सन्तानबाट खुशियाली बढ्नेछ । व्यवसायमा फाईदा एवम विरोधीहरुबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवम खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार र वादविवादमा मेलमिलाप हुनेछ । पुरानो आर्थिक व्यवहार मिल्नेछ ।सामाजिक काममा प्रगति मिल्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्