युथ फोर्सले गरेको फोहोर गोविन्द केसीले उठाए

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ३९


काठमाडौं । नेकपा एमाले निकट युथ फोर्सले शनिबार काठमाडौंमा मार्चपास गरेको छ।

‘युथफोर्स काठमाडौं भ्याली कमाण्ड’विशेष घोषणा कार्यक्रमका लागि पूर्वमन्त्री महेश बस्‍नेतको नेतृत्वमा उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो।

एमाले महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा युथफोर्सको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको स।

जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो।

र्यालीमा सहभागीले माइतीघर मण्डला आसपास गरेको फोहोर डा.गोविन्द केसी नेतृत्वको समूहले उठाएको हो।

पानीका बोतल, टोपी, झण्डालगायत फोहोर केसीले उठाएका हनु। उनले फोहोर उठाउँदै गरेका तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।


प्रतिक्रिया दिनुहोस्