मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक, नेपाल पनि सहभागी

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ३८


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

सो बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी छन्।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रीपरिषद् विस्तार लगायतका बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका हुन।


प्रतिक्रिया दिनुहोस्