एमाले नेतृत्वलाई योगेश भट्टराईको सुझाव : बाहुबली जत्था सडकमा देखाउने काम बन्द गरौं

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : ४२


काठमाडौं । पदच्युत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेभित्र पछिल्लो समय विभिन्न भातृ संगठनहरु घोषणा भइरहेका छन्।

केपी शर्मा ओली पक्षमा साइबर सेना, युथ फोर्स, आइटी आर्मी लगायतका संगठन नाम राख्दै संगठन घोषणा गरिएको छ। यस्तै, माधव नेपाल पक्ष पनि ओलीको सो समूहलाई काउन्टर दिन विभिन्न संगठन घोषणा गरिरहेको छ।

अ‍ोली समूहले माधव नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध तथा ओलीको पक्षमा सडकमा प्रदर्शन समेत गर्ने गरेको छ।

एक अर्का विरुद्ध युवाहरुलाई प्रयोग गर्दै सडकमा ल्याउने काम भएपछि एमाले नेता योगेश भट्टराईले यो काम तत्काल बन्द गर्न एमाले नेतृत्वलाई सुझाव दिएका छन्।

सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले यस्तो सुझाव दिएका छन्

‘ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलनर क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिकर बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ।

अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ। के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने? पञ्चायत अखिलले नै फाल्यो।

२०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो। माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो रु यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ।

शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन। तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु।’


प्रतिक्रिया दिनुहोस्