निषेधाज्ञा जारी रहेकै बेला काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : १२


काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा पूर्णरुपमा हटाएको छैन।

स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गर्दै धेरै क्षेत्र अहिले खुकुलो भने पारिएको छ।

अन्य केहि क्षेत्रमा निषेधाज्ञा जारी राख्दै सरकारले लकडाउन खुकुलो बनाए पनि धेरै जना भेला हुन, भिडभाड गर्न रोक लगाइएको छ।

काठमाडौं उपत्यकाका सिडिओहरुको आदेश विपरित नेकपा एमालेले शनिवार राजधानीमा मार्चपास गरेको छ।

एमाले निकट युथफोर्सले हजारौंको संख्यामा मोटरसाइकल र्‍यालीसहित वृहत मार्चपास गरेको हो।

मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य भएको थियो।


प्रतिक्रिया दिनुहोस्