विप्लव र बादलबीच भेटवार्ता

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ५८


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’बीच भेटवार्ता भएको छ।

पछिल्लो समय राजनीतिक भेटघाटलाई निरन्तरता दिइरहेका विप्लवले आज दिउसो बादललाई भेटेका हुन।

भेटमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बादलले जानकारी दिएका छन्।

भेटमा विप्लव सँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सचिवालय सदस्य सन्तोष बुढामगर लगायत सहभागी थिए।

यसअघि विप्लवले आजै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाहुरसँग भेटघाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस्