राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन महेश बस्नेतको चुनौती

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : २४


नेकपा एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन चेतावनी दिएका छन्।

युथ फोर्सको सम्मेलन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै बस्नेतले यहि संसदबाट २ तिहाई पुर्याएर देखाउन चुनौती दिएका हुन्।

उनले युथ फोर्स देउवा सरकार बिरुद्धको संगठन नभएको बताउँदै सरकारले ओली सरकारका निर्णयहरु उल्ट्याउँदै गए सरकार बिरुद्ध खनिने बताए।

आफ्ना कार्यकर्तालाई दुख दिए प्रतिरोध गर्ने र जनताको पक्षमा काम गरेमा सरकार सँग सहकार्य गर्ने बताए।

उनले भ्याक्सीन लगाउने क्रममा बिभेद भए प्रतिरोध गर्ने बताए।

बुद्धिजिवीका नाममा कुनै पक्षको कठपुतली बनेर एमाले बिरुद्ध षड्यन्त्र गर्नेलाई युवा संघले साईवर सेनासँग मिलेर कारबाही गर्ने बताएका छन्।

उनले बिजय कुमार गच्च्छादार १० लाख धरौटीमा छुटेकोमा पनि आपत्ति जनाएका छन्।

अदालतसँगको सेटिङमा गच्छादार छुटेको आरोप समेत लगाए। न्यायालय स्वतन्त्र हुनु पर्नेमा बस्नेतले जोड दिएका थिए।

देउवा परमादेश बाट नभई पञ्चादेशबाट प्रधानमन्त्री भएको बताउँदै आगामी निर्वाचनबाट अत्याधिक मतका साथ पञ्चादेश प्रबृत्तिको अन्त्य गर्ने बताए।

प्रचण्ड दिन प्रतिदिन ओरालो लागेको बताउँदै आगामी निर्वाचनमा एक्लै जितेर देखाउन चुनौती दिएका छन्।

प्रचण्डले देउवा प्रधानमन्त्री भए पछि सुरक्षा फौज थपेकोमा देउवा सरकार आए पछि सुरक्षा खतर बढेको हो भन्दै सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस्