झलनाथ खनालको उपचार खर्च सरकारले दूतावास मार्फत दिने

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : १३


हाल भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले दूतावास मार्फत दिने भएको छ।

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने छ।।

यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा लगायतले खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्