महन्त ठाकुर र विप्लवबीच भेटवार्ता : ओलीले सहमति गरेर कार्यान्वयन नगरेको निष्कर्ष

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  २ : ५४


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

शनिबार बिहान भएको सो भेटवार्तामा दुवै पार्टीले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल गरेका थिए।

केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता कार्ताहरुमाथि लगाइएको मुद्दा खारेज नभएको र बन्दीहरु रिहा नभएको स्थितिमा दुवै दलले संयुक्त रुपमा पहल गर्ने सहमति भएको छ।

जसपाको उपस्थिति संसदमा समेत भएकोले उसले केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिको स्वामित्व बर्तमान सरकार पनि लिनपर्ने र सरकारले सो सहमति कार्यान्वन नगरे संसदमा समेत आवाज उठाउने सहमति भएको छ।

यसैगरी, सो भेटवार्तामा नेता कुर्सि र सत्ता केन्द्रित भएकोले राष्ट्र र जनताको मुद्दा आझेलमा परेको निष्कर्ष निकाल्दै मधेशी जनतापनि यसकै कारण प्रताडित हुन् पुगेको निश्कर्ष निकाल्दै आगामी दिनमा सहकार्य गर्ने सहमति समेत भएको बताइएको छ।

सो भेटवार्तामा देशको राजनीति निकै जटिल मोडमा पुगेको निष्कर्ष निकाल्दै यसको अग्रगामी र दीर्घकालीन समाधानको लागि छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति समेत भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्