कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : १४


काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक बिहान ९ बजे प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।

पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने बैठकमा आसन्न १४औँ महाधिवेशनको तयारी तथा अन्य समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

हिजोको बैठकमा सभापति देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन निर्देशन दिएका थिए। बैठकमा निर्वाचन समितिले ५३ दिन समय मागेको प्रस्ताव पनि पेश गरिएको थियो।

कांग्रेसभित्र क्रियाशील विवाद छ। छानबिन समितिले काम गरिरकोे छ। क्रियाशील सदस्यतालाई लिएर प्रदेश २ का कांग्रेस नेताहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्