प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ०२


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ।

“सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो। सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, छलफलबारे सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने।

यसअघि आजै दिउसो निवर्तमान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्ट्रपति भण्डारीसँग झण्डै २ घण्टा छलफल गरेका थिए। भेटवार्तामा के छलफल भयो भन्नेबारे खुलाइएको छैन।


फाइल फोटो


प्रतिक्रिया दिनुहोस्