हिन्दु धर्मको आस्थामाथि प्रहार गरेको भन्दै बाबुराममाथि कारवाही गर्न महासंघको माग

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : ३३


काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिबाट हिन्दु धर्मको आस्थामा आघात पुगेको दाबी गर्दै विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ।

उनलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत महासंघले माग गरेको छ।

डा.भट्टराईले भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले दूधधारा अर्पण गर्दै गरेको तस्बिरलाई माध्यम बनाएर हिन्दू ओमकार परिवारको भावना अनादार गरेको महासंघको आरोप छ।

यस्तो छ महासंघको विज्ञप्ति

डा.बाबुराम भट्टराईले हिन्दुधर्मावलम्बी ॐकार परिवारको आस्था र विश्वास प्रति प्रहार गर्दै समाजिक संजाल ट्विटर मार्फत् गरेको अभिब्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

संसारभरि कै हिन्दु ॐकार परिवारको भावना अनादर गर्दै भारत उत्तर प्रदेशका मुख्य मन्त्री गोरक्षपिठाश्वर महन्त योगी आदित्यनाथजीले गंगाजीमा दूधधारा अर्पण गर्दै गरेको तस्बिरलाई माध्यम बनाएर हाम्रो पूविर्य दर्शन, सभ्यता र हिन्दु धर्म, संस्कृतिका रुपमा गरिने प्रकृति पूजन माथि अत्यन्तै अमर्यादित र अशिष्ट शब्दहरु प्रयोग गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

ईस्लाम धर्मावलम्बीको पर्वु इदुका दिन हिन्दु धर्ममाथी गरिएको यस्तो प्रहारले हाम्रो देशको धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने र तथा सामाजिक सद्भाव भड्काउने उद्देश्यबाट प्रेरित भएको प्रष्ट भएकाले जनता समाजबादी पार्टीको संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री जस्तो ब्यक्तिबाट भएको यस्तो घृणित कार्यको बिरुद्धमा एकजुट भई अगाडि बढ्नका लागि सम्पूर्ण हिन्दु ॐकार परिवारमा हार्दिक अनुरोध गर्दछौं।

अतस् हाम्रोजस्तो पूर्विय दर्शन , सभ्यता , हिन्दु धर्म संस्कृतिमा आस्था राख्ने मुलुकको राष्ट्रिय एकताको जग नै वैदिक सनातन हिन्दु धर्मको आडमा अडिएको छ। तसर्थ हाम्रो धार्मिक आस्था र विश्वासमा कुठाराघात गर्दै अपमान जनक अभिव्यक्ति दिने डा। बाबुराम भट्टराईलाई यथाशीघ्र कानुनी दायरामाल्याई कारबाही गर्नका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय समक्ष माग गर्दछौं।

अस्मिता भण्डारी

महासचिव

 


प्रतिक्रिया दिनुहोस्