धादिङमा कोरोना खोप लगाएको ४० मिनेटमै एक जनाको मृत्यु

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १०


काठमाडौं । धादिङमा कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका एक जनाको मृत्यु भएको छ।

धादिङको नीलकण्ठ नगरपालिका ६ सुनौलाबजारमा आज कोरोना विरुद्धको अमेरिकन जानसेन खोप लगाएपछि घर फर्किने क्रममा एकको मृत्यु भएको हो।

मृत्यु हुनेमा ७८ वर्षिय नरबहादुर श्रेष्ठ रहेका छन्। खोप लगाएको करिब ४० मिनेट पछि घर पुग्नासाथ बेहोस भएर ढलेको र उपचारको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा उनको मृत्यु भएको हो।

खोपको कारणले वा अन्य के कारणले मृत्यु भएको हो अनुसन्धान नगरि यसै भन्न नसकिने अधिकारीहरुले बताएका छन्।

उनको मृत्युको कारण खोज्न शवलाई काठमाडौं पठाइएको छ। खोपकै कारण केहीलाई सिकिस्त एलर्जी हुने विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार सिकिस्त एलर्जी भएमा आधा घण्टामै मृत्यु हुनसक्छ।

 


प्रतिक्रिया दिनुहोस्