जो सुकै सरकारमा आएपनि जनता भ्रष्टाचारकै शिकार भए : अष्टलक्ष्मी शाक्य

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ३२


नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताउनुभएको छ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताउनुभएको हो।

नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताउनुभयो।

पटक–पटक दलका सरकार आएपनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताउनुभयो।

साथै नेतृ शाक्यले सिर्जनाशील युवाहरुलाई किन बाँलदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गर्नुभएको छ? उहाँले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताउनुभएको छ।

नेतृ शाक्यले भन्नुभयो, “लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै पनि भ्रष्टाचारको शिकार बन्ने प्रताडित हुने र अहिले पनि भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटकपटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन, त्यसैले यो विषय बनाउने कि नबनाउने, सुसासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ। जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनाशील युवाहरुलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो? यसले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ”

नेतृ शाक्यले अब कम्युनिष्ट पार्टी भित्र यी तमाम विषयको छलफल हुनुपर्ने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्