प्रियंकाको नक्कल गर्दै बाबुराम पुत्रीले सेयर गरिन् यस्तो तस्विर

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : १०


काठमाडौं । गर्भावस्थामा रहेकी अभिनेत्री प्रियंका कार्कीको तस्विर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छन्।

प्रियंकाले सामाजिक सञ्जाल मार्फत नाङ्गो पेटसहितको फोटो सार्वजनिक गरेपछि धेरैले आलोचना गरेका थिए।

सो फोटोबारे पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भने तारिफ गरेका थिए।

यसैबीच, डा.भट्टराईकी छोरी मानुसी भट्टराईले सामािजक सञ्जालमा नाङ्गो पेटको फोटो सार्वजनिक गरेकी छन्।

आफ्नो पुरानो फोटो सेयर गर्दै उनले लेखेकी छन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रूढीवादी!’


प्रतिक्रिया दिनुहोस्