राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : ३०


निवर्तमान प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

ओलीले राष्ट्रपति भण्डारीबीच आज दिउसो झण्डै दुई घण्टा लामो छलफल भएको छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले बालकोटबाट शीतल निवास पुगेर राष्ट्रपतिसँग सम्वाद गरेका हुन्।

पछिल्लो केही दिनयता सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिमाथि महाअभियोग तयारी गरिरहेको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाइसकेपछि सत्तारुढ गठबन्धनको अबको कदम राष्ट्रपतिविरुद्ध पनि हुन सक्ने अनुमान गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्