शुभेच्छुकहरूको आग्रहमा फिर्ता लिए : भीम रावल

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ३१


काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले शुभेच्छुकहरूको आग्रहमा सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन्।

उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहभित्र विवाद हुँदा रावलले आवेशमा आएर राजीनामा बुझाएका थिए।

तर पार्टीभित्रबाट चर्को दबाब परेपछि उनले राजीनामा फिर्ता लिएका हुन्। रावलले आफूले उत्तेजनामा आएर सांसद पदबाट राजीनामा बताएका छन्।

शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएसँगै ट्विटमा उल्लेख गरेका छन्,‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति ,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।’

पार्टीलाई एकताबद्ध बनाउन लागेका डा.रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए।

भीम रावलले राजीनामा दिनुभन्दा अघि के भनेका थिए? तल हेनुहोस्


प्रतिक्रिया दिनुहोस्