विप्लव र कमल थापाबीच के भयो कुरा?

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : १९


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ।

पछिल्लो समय नेपालका सबै राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने क्रममाशुक्रबार बिहान विप्लवले राप्रपा अध्यक्ष थापासँग भेटवार्ता गरेका हुन्।

काठमाडौँको बुढानिलकण्ठमा भएको भेटमा २ नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको छ।

कम्युनिस्ट नामधारी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध गरेका थापालाई विप्लवले धन्यवाद समेत दिएका छन्।

यसअघि महासचिव विप्लवले प्रधानमन्त्री समेत रहेका काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाले बरिष्ठ नेता माधव नेपाल लगायतसँग पनि विप्लवले भेटवार्ता गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्