भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गयो

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ००


काठमाडौं। काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस गरिएको छ।

७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।

परकम्पको धक्का भक्तपुरसहित काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ।


प्रतिक्रिया दिनुहोस्