राजीनामा फिर्ता लिने भीम रावलको तयारी

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ९ : ४९


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने तयारी गरेका छन।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनु अघि रावलले प्रदुषित राजनीतिबाट टाढा रहन भन्दै राजीनामाको घोषणा गरेका थिए।

उनले राजीनाको पत्र बुझाएपनि संसद सचिवालयले स्वीकृत गरिसकेको छैन।

राजीनामा फिर्ता लिन नेता रावललाई एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव नेपालले आग्रह गरेका छन्। स्रोतका अनुसार रावलले भोलि (शुक्रबार) नै राजीनामा फिर्ता लिने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्