चीनबाट थप ८ लाख डोज खोप ल्याइयो

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : ३८


छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ।

चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो।

आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उहाँले बताउनुभयो।

उहाँले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिनुभयो। यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ। अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्