बाबुरामलाई अभिनेत्री करिष्माको प्रश्न-‘एक दिन दुध चढाउँदा किन यत्रो रोइलो?’

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : १०


काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पोष्टप्रति आलोचना गरेकी छन्।

डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध विसर्जन गर्दै पूजापाठ गरेको तस्वीरप्रति टिप्पणी गर्दै समाजिक सञ्जालमा राखेपछि उनको आलोचना भइरहेको छ।

भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी अभिनेत्री मानन्धरले प्रकृतिलाई एकदिन दुध अर्पण गर्दा आपत्ति जनाउन आवश्यक नभएको बताएकी छिन्।

यस्तै, समाचार वाचिका रमा सिंहले पनि डा.भट्टराईको अभिव्यक्तिको विरोध गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्