हिन्दु धर्मको अपमान गरेको भन्दै बाबुरामको पुत्ला जलाइयो

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : ५१


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा फोटोको विरोध भइरहेको छ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसहितका बिजेपीका नेताहरूले पानीमा दूध चढाउँदै गरेको फोटो बाबुरामले सेयर गरेका थिए।

उक्त अभिव्यक्तिको विरोध जनाउँदै जनकपुरमा आज पुत्ला दहन गरिएको छ।

जनकपुरधाममा हिन्दूवादी संगठन राष्ट्रिय एकता अभियान र सप्तरीको राजविराजमा विश्व हिन्दु परिषद् नेपालले भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन्। उनीहरूले भट्टराईले हिन्दू धर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्।

बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ। हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्