ओली पक्षलाई काउन्टर दिन माधव नेपालद्वारा पिपुल्स भोलेन्टियर घोषणा

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : ५१


नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर घोषणा गर्नुभएको छ।

बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गर्नुभएको हो।

पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको वरिष्ठ नेता नेपालले कार्यक्रममा जानकारी गराउनुभयो । पिपुल्स भोलेन्टियर घोषणा गर्दै उहाँले यो कम्युनिष्ट विचारबाट अघि बढ्ने बताउनुभयो । उहाँले युवाहरुलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरु सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गर्नुभयो।

भोलेन्टियरले अरुले जे गर्छ त्यो नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । आफुहरु हिम्मतिलो र परिवर्तन गर्न चाहाने युवा पंक्ति तयार गर्न चाहेको उल्लेख गर्दै युवाहरुल जनसेवा, देशभक्ति र लोकतन्त्रकाले लागि अघि बढ्न अपिल पनि गर्नुभयो।

उहाँले भन्नुभयो – ‘यो कम्युनिष्ट विचारबाट अघि बढ्ने संगठन हुनेछ पिपुल्स भोलेन्टियर । राम्रा मानिसको गुण तपाईहरुले सिक्नुपर्छ । नराम्रो बानी नसिक्नुहोला । यो कुरामा म विशेष जोड दिन चाहान्छु । राम्रो बानि व्यहोरा भयो भने मान्छेले गौरवबोध गर्नेछन् । युवा संघले निर्माण गर्ने पिपुल्स भोलेन्टियर असल मानिसको स्वभाव बोकेको स्वयंसेवक बन्नुपर्दछ । अरुले जे गरे त्यो दोहो¥याउने होईन ।’

वरिष्ठ नेता नेपालले आफुहरुसँग सहि बिचार भएको उल्लेख गर्दै सहि विचार हुनेहरु आत्तिनुपर्ने आवश्यकता नभएको बताउनुभयो । सहि बिचारको पक्षमा हजारौँ मान्छे पछि लाग्ने पनि उहाँले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्