अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक नगर्ने काँग्रेसको निर्णय

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ५ : ०६


कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि बैठक नगर्ने निर्णय गरेको छ।

महामन्त्री पूर्णबहादुर खड्काले कुनै पनि औपचारिक बैठक नबस्ने निर्णय गरेको जानकारी गराए।

‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेसको पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा नगरिने,’ उनले उल्लेख गरेका छन्।

सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्