२७१४ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ५ : ००


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ जनाको परीक्षण गर्दा सां संख्यामा संक्रमित थपिएका हुन।

यस्तै आज १२८८ जना संक्रमित निको भएका छन्। यसैगरि थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।

आज देशभर थपिएका मध्ये काठमाडौं उपत्यकामा सबै भन्दा बढी ७५१ जना रहेका छन्।

जसमध्ये काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन्।


प्रतिक्रिया दिनुहोस्