भोलि एउटै मञ्चबाट भाषण गर्दै प्रचण्ड, वैद्य, विप्लव र माधव नेपाल

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ४ : ०४


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ लगायतका नेता एउटै मञ्चमा देखिने भएका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा भोलि आयोजित कार्यक्रममा नेताहरुले एउटै मन्चबाट सम्बोधन गर्न लागेका हुन।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ।

कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी लगायत पनि सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस्