ओली पक्षको बैठकमा झडप हुँदा कुर्सी भाँचिए

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  २ : ५७


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक स्थलमा कुटाकुट भएको छ।

बिहीबार मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा एमाले कार्यकर्ताबीच आक्रमण र तोडफोड भएको हो ।

ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आयोजना गरेको थियो । एमाले मोरङ संयोजक ऋषिकेष पोखरेल बैठकमा जाने कार्यक्रम थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि नै कार्यकर्ताहरुबीच आपसमा झडप हुँदा बैठक विथोलिएको हो ।

सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमका अनुसार विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताइन्छ। ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्