माधव नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउँदै

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ९ : ३८


काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउने भएको छ।

ओली पक्षले आफ्नो युवा–दस्ता ‘युथ फोर्स’ ब्युँताएसँगै नेपाल पक्षले पनि ‘पिपुल्स भोलिन्टियर’ ब्युँताउन लागेको हो।

नेपाल पक्षले आज भक्तपुरमा कार्यक्रम गरेर ‘पिपुल्स भोलिन्टियर’ घोषणा गर्ने बताएको छ। दिउँसो १२ बजे भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा राखिएको घोषणा कार्यक्रमको नेता नेपालले सम्बोधन गर्नेछन्।

एमालेनिकट युवा संघले कुनै बेला यी दुवै, युथ फोर्स र पिपुल्स भोलिन्टियरको अभ्यास गरेको थियो।

एमालेमा चुलिँदो संकटसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षले अघि बढाएका समानान्तर गतिविधि पनि उसैगरी चुलिन थालेका छन्।

नेपाल पक्षले यसअघि ओली पक्षको युथ फोर्सको प्रतिवादमा अखिल फोर्स घोषणा गरेको गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्