भीम रावलपछि काँग्रेस सांसद अमरेशकुमार सिंहले राजीनामा दिए

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : २८


काठमाडौं। नेकपा एमालेका नेता भीम रावलपछि नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले पनि सांसद पदबाट राजीनामा दिएका छन।

सांसद सिंहले राजीनामा दिएको पत्र बालुवाटार पुगेर सभापति शेरबहादुर देउवालाई बुझाएका छन।

दुई दिन अघि एमाले सांसद भीम रावलले प्रदुषित राजनीतिको खेलबाट टाढा रहन भन्दै सांसद पदबाट राजीनामा दिएका थिए।

काँग्रेस सांसद सिंहले भने पार्टी भित्र समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै राजीनामा दिएका हुन्।

यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी गरेको समेत उनले बताए।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा बिजयी भएका थिए।

 


प्रतिक्रिया दिनुहोस्